सशस्त्रले गरिदियो जोखिममा परेको सामान स्थान्तरण

सशस्त्रले गरिदियो जोखिममा परेको सामान स्थान्तरण


काठमाण्डु – काठमाण्डुको टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय वासिन्दाले उक्त घरपरिवारका लत्ताकपडा, भाँडावर्तन लगायतका सामान सुरक्षित स्थानमा स्थान्तरण गरेको सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापले जानकारी दिए ।