सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ३७ एसपीले लगाए दज्र्यानी चिन्ह


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती भएका ३७ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । गत चैत्र १५ मा उनिहरुको बढुवा भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा गर्दा केही अधिकृतहरुलाई अन्याय गरेको भन्दै उजुरी परेको थियो ।

महानिरीक्षक खनाल अध्यक्ष, मन्त्रालयका सहसचिव केदार शर्मा तथा सशस्त्रकै डिआईजी गोबिन्द क्षेत्री सदस्य रहेको बढुवा समितिले फागुन ५ मा ३७ जना नायब उपरीक्षकलाई उपरीक्षकमा बढुवा गरेको थियो।

सो बढुवा भेदभावपूर्ण भएको भन्दै बढुवामा छुटेका डीएसपी अच्युत मजगैयाँ र लेखनाथ खनालले गृह मन्त्रालयमा लिखित उजुरी दिएपछि छानबिन सुरु भएको हो। बढुवाप्रति असन्तुष्ट रहेका अन्य केहीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहसचिव प्रेमकुमार राईलाई भेटेर असन्तुष्टि सुनाएका थिए। उनिहरुले महानिरीक्षक खनालले बढुवामा अन्याय गरेको आरोप लगाउंदै आएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आईतबार कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीकता तथा कार्यदक्षता लगायत पेशागत जिम्मेवारी निर्वाहमा पु¥याएको योगदानको समेत मूल्यांकन गर्दै पदोन्नती गरिएको दावी गरे । उनले आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अधिकृतहरुले राष्ट्र र संगठनबाट प्राप्त जिम्मेवारीहरुलाई कुशलतापूर्वक सम्पन्न गर्दै फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद विपद्मा उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहनुपर्ने धारणा राखे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement