सीमाको बैठकमा मानवस्रोतका डीआईजी लिएर सशस्त्रका आईजीपी दिल्ली जांदै


काठमाण्डु– सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल भारत भ्रमणका लागी आज दिल्ली जांदैछन् । भारतीय सशस्त्र सीमा बलको निमन्त्रणामा उनि तीन दिने दिल्ली भ्रमणमा जान लागेका हुन ।

भ्रमण दलमा सशस्त्रको अप्रेसन र सीमा हेर्ने एआइजी पुष्पराम केसी र मानवस्रोतमा भर्खरै सरुवा भएर आएका डीआईजी नारायणदत्त पौडेल पनि सहभागी हुंदैछन् । भ्रमण दलमा गृह र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा नै हेर्ने डीआईजी चन्द्रप्रकाश गौतमलाई भ्रमण दलमा नराखेर मानवस्रोतका डीआईजी पौडेललाई भ्रमणदलमा राखेपछि सशस्त्रमा त्यसलाई आश्चर्यका साथ हेरिएको छ ।

खनालको भ्रमण नियमित भएको बताइएको छ । सशस्त्र र भारतिय सीमा बलको बीचमा यसअघि पनि नियमित बैठकहरु प्रत्येक वर्ष हुने गरेको थियो । तर, बीचमा कोरोनाको कारण बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement