सशस्त्रका ८ डिआईजीहरुको सरुवा, को कहा भए (सुचीसहित)


काठमाडौं– सशस्त्र प्रहरी बलका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले आईतबार सांझ सशस्त्रका ८ जना डिआईजीहरुको सरुवा गरेको छ ।

आईतवार सांझ गृहमन्त्रालयले गरेको सरुवाअनुसार डिआईजी सुरज कुमार श्रेष्ठ आईजिपीको सचिवालय, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालय, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालय, बसन्त कुमार बानिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पुर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ ।

त्यसैगरी डिआईजी चिरन्जीवी अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा,नगेन्द्र थापा सुदुरपश्चिमस्थि वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement