सशस्त्रको गाडीमा काठ बोक्ने डिएसपी निलम्बनका लागी सिफारीस


काठमाडौं– सशस्त्र प्रहरी बलका डिएसपी रामप्रसाद भण्डारीलाई कार्वाही हुने भएको छ । सशस्त्र प्रहरीकै गाडीमा काठ राखेर लगेको अभियोग लागेका अरुण गुल्म चैनपुर संखुवासभाका डिएसपी भण्डारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु भएको सशस्त्र स्रोतको दाबी छ ।

भण्डारीसहित उक्त घटनामा संलग्न रहेका सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्बन गर्ने तयारी छ ।

सशस्त्र प्रहरीले घटनाको छानविन गर्न मुख्यालयबाटै डिआईजी सुरज श्रेष्ठको अध्यक्षतामा छानविन समिति बनाएको थियो । त्यसैगरी पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट समेत सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो ।

छानविन समितिले डिएसपी भण्डारीले घटनाको बारेमा कुनै पनि निकायमा जानकारी नगराएको हुंदा उनिहरुलाई निलम्बन गरेर कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । समितिले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement