सशस्त्रमा मध्यराति एसपीको सरुवा,विवादितलाई आईजिपी खनालले दिए महत्वपूर्ण जिम्मेवारी


काठमाडौं– सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा र पदस्थापन गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हस्ताक्षरमा मुख्यालयले शुक्रवार मध्यराती एसपीहरुको सरुवा गरेको हो ।

सशस्त्रले गरेको एसपीहरुको सरुवा बिवादित पृष्ठ भुमि भएका र जुनियरहरुलाई कमाण्ड दिइएको छ भने वरियतामा अघि रहेका र व्यवसायीक अधिकृतहरुलाई जिम्मेवारी दिइएको छैन् । आईजिपी खनालले प्राविधिक पृष्ठभुमि भएका र लामो समयदेखी कमाण्डमै रहेका एसपी वेनुप्रसाद पाठकलाई किर्तिपुरस्थित कालिन्चोक भगवति गणको गणपति बनाएका छन् । पाठक पुर्व आईजिपी कोषराज वन्त हुंदा समेत काठमाडौंमा नै गणपतिको रुपमा कार्यरत थिए ।

त्यसैगरी अर्का एसपी रोशन श्रेष्ठलाई समेत खनालले भद्रकाली गण पिलुवाको जिम्मेवारी दिएका छन् । उनि वेसपति हुंदा कपिलवस्तुको कृष्णनगरमा सशस्त्रका सिंपाही हतियारसहित भागेका थिए । तत्कालिन आईजिपी वन्तको संरक्षणमा श्रेष्ठले पुर्वमा गुल्मपतिका रुपमा काम गरेका थिए ।

त्यसैगरी एसपीको पदस्थापनमा पनि वरियतामा पछि रहेका एसपी पुरुषोत्तम थापालाई उपत्यका हेर्ने महत्वपुर्ण जिम्मेवारी दिइएको छ । थापालाई गुह्वेश्वरी गण दुवाकोटको जिम्मेवारी दिइएको छ । उनि यसअघि डिएसपी हुंदा वाघभैरव गुल्मको गुल्मपतिका रुपमा कार्यरत थिए । थापालाई पनि तत्कालिन आईजिपी वन्तले नै उक्त जिम्मेवारी दिएका थिए ।

शसस्त्र प्रहरीको एसपीहरुको सरुवा र पदस्थापनामा समेत भ्रष्टाचारको आरोपमा बर्खास्तीमा परेका वन्तको शक्तिले काम गरेको चर्चा सशस्त्र मुख्यालयमा चलेको छ । आईजिपी खनाल समेत वन्त निकट अधिकृतका रुपमा चिनिन्छन् ।

सरुवाको विश्तृत विवरण थाहा पाउन यो लिंक क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement