नेपाल प्रहरीका डीएसपीको कुटाईवाट तीन इन्सपेक्टर घाइते


 काठमाडौं – नेपाल प्रहरीका तीन जना इन्सपेक्टर(प्रहरी निरीक्षक)हरू डिएसपीको कुटाईबाट गम्भीर घाइते भएका छन् ।  प्रहरी स्रोतकाअनुसार गत शुक्रबार  राति इन्सपेक्टरहरु दिपक सुवेदी,राजन रायमाझी र पविन्द्र वम काठमाडौंको अनामनगरमा रहेको बाजेको सेकुवामा  मदिरा सेवन गरी सड्कमा एक आपसमा चर्को स्वरमा गफ गरेर वसिरहेका थिए ।

 

महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी अपिलराज वोहराले गस्तीमा रहेको वेला उनिहरुसंग किन हल्ला गरेको भन्दै सोधपुछ गरेका थिए । तिनै जनाले आफूहरु पनि नेपाल  प्रहरीकै इन्सपेक्टर भएको र तालिमको लागि आएको जानकारी दिएपछि वोहराले उनिहरुमाथी निर्घात कुटपिट गरेको स्रोतको दाबी छ ।

 

उनिहरु तिनै जनालाई पक्राउ गरेर सिंहदरबार वृत र्पुयाएर वोहराले निर्घात कुटपिट गरेको पिडितले आरोप लगाएका छन् । बोहराले तीनै जनालाई वीर अस्पताल लगेर मेडिकल  समेत गराएका थिए । प्रहरी स्रोतकाअनुसार शुक्रबार  राति नै प्रतिष्ठानका एक उच्च अधिकारीले उनिहरुको जिम्मा लिएर ऐकेडेमी लगेका थिए ।

स्रोतकाअनुसार अपरेशनल कमान्ड  एण्ड  म्यानेजमेन्ट(ओसिएम ) तालिम गर्न आएका उनिहरु राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्ज ब्यारेकबाट भागेर त्यहा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement