धरानबाट सर्वदलीय अपिल – भोलि शनिवार तय गरिएका सबै कार्यक्रम स्थगित गर्नु


विराटनगर – धरानका राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सम्भावित दुर्घटना रोक्नका लागि भोलि शनिवार तय गरिएका सबै कार्यक्रम स्थगित गर्न अपिल गरेका छन् ।

धरानका राजनीतिक दलहरूले संयुक्त हस्ताक्षरसहित शुक्रवार अपिल जारी गरेका छन् ।

‘परिस्थितिको गाम्भीर्यतालाई मनन् गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सदभाव खल्बलिने सामग्रीहरू पोस्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दछौं,’ वक्तव्यमा उल्लेख छ, ‘अतः भोलि भदौ ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह गरिएको छ । धरानमा देखापरेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने प्रतिबद्धता दलहरूले जनाएका छन् ।

धार्मिक द्वन्द्वको खतरा देखेपछि स्थानीय प्रशासनले धरानमा शुक्रवार मध्यरातिदेखि शनिवार मध्यरातिसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement