बौद्धबाट २१ केजी रक्तचन्दनसहित चार जना पक्राउ


काठमाण्डु – प्रहरीले रक्त चन्दनसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरिय अपराध महाशाखाको टोलीले बौद्ध तीनचुले बुद्धभूमि टोलमा रहेको डमरु कारखानामा २१ केजी रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिकाका १८ वर्षीय सुनिल तामाङ, २८ वर्षीय ओम बहादुर तामाङ, काभ्रेका २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकका ४२ वर्षीय  लाक्पा लामा रहेका छन् ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले करिब एक लखा ८६ हजार एक सय पचास रुपैयाँको रक्त चन्दन बरामद गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement