एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ


काठमाण्डु- काठमाण्डुको ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

नाइट क्लब, बारहरूमा नाबालिगलाई प्रवेश गराउन कानुनले दिदैँन । तर, कानुन विपरीतको प्रवेशका कारण प्रहरीले एलओडी क्लबका सञ्चालकमाथि पनि अनुसन्धान गरिरहेको हो ।

उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ३० जेठमा बालिका एलओडी क्लब गएकी थिइन्र ।

प्रतिक्रिया दिनुहोस
Advertisement