लागुऔषधसहित काठमाडौंबाट एक जना पक्राउ


काठमाडौं–लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरिय प्रहरी प्रभाग वलम्वुको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चन्द्रगिरि १४ वालकुमारी वाट १ सय ८० एम्पुल सहित प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा पर्सा जिल्ला दुर्गा गाउँ पालिक ९ वस्ने वर्ष ३० को अनिल कुमार गुप्तालाई प्रकाउ गरिको महानगरिय प्रहरी प्रभागका प्रहरी निरिक्षक शर्मिला गुरुङले बताइन्।

विशेष सुराकीको आधारमा महानगरिय प्रहरी प्रभाग वलम्वुको प्रहरी साहायक निरिक्षक गोविन्द वहादुर साउदको कमाण्डमा गएको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

उनको साथ वाट नुफिन ५८ एम्पुल,फेनार्गन ६३ एम्पुल,डाईजाल्याव ५९ एम्पुल , लागुऔषध वरामद गरएको छ । प्रहरी निरिक्षक शर्मिला गुरुङले लागुऔषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement