यातायातका चार कर्मचारी अख्तियारको फन्दामा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत ४ जना कर्मचारीलाई पक्राउ गरेको छ।

सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए । उनीहरु मध्ये तिवारी यही जेठ ४ गते र अन्य आइतबार पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement