दरबारमार्गकाे राेयल क्यासिनोमा छापा, दुई पक्राउ


काठमाडौं– प्रहरीले राजधानीस्थित एक क्यासिनोमा छापा मारेर जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने  सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई  पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement