खैरो हिरोइनसहित काठमाडौंबाट तीन पक्राउ


काठमाडौं–प्रहरीले खैरो हिरोइनसहित राजधानी काठमाडौंबाट तीन जनालाई पक्राउ गरको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिकबाट खैरो हिरोइनसहित बाँकेका दिलीप गिरी, बाँकेकै विकास केसी र काठमाडौंका रिवाज लामालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुसँग ९५ ग्राम ७ मिलिग्राम हिरोइन बरामद गरेको छ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले स्वयम्भू इलाकामा लागुऔषध बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा खोजतलास गर्दा तीन जनालाई पक्राउ गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement