ध्वाँसे चितुवाको छालासहित तीन जना पक्राउ


दाङ— राप्ती गाउँपालिका(१ भालुबाङ बजारबाट ध्वाँसे चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिक राम भण्डारी र ३२ वर्षीय दिपक भण्डारी रहेका छन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सेतो प्लाष्टिकको बोराभित्र लुकाईछिपाई राखेको उक्त छाला फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement