५० हजार घुससहित सवओभरसियर र अमिन अख्तियारको फन्दामा


दाङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लमही नगरपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

 

अख्तियारको टोलीले ५० हजार घुुससहित नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सवओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको हो।

 

 

घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement