मलाइका र अर्जुनको ब्रेकअप

मलाइका र अर्जुनको ब्रेकअप


एजेन्सी- मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेका हुन् ।

मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ । अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए ।

मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए ।