कता हराए अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्की ?

कता हराए अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्की ?


काठमाडौं- पहिला ‘मैले यत्रो गरें, त्यत्रो गरें’ भन्ने मान्छे अहिले सरकार, सत्तारुढ पार्टीसमेत अप्ठेरोमा पर्ने गरी बहस चलिरहँदा बेपत्ता † यसरी अप्ठेरोमा नबोल्ने पात्र बनेका छन्, अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्की । उनी अमेरिकी परियोजना एमसिसीको जस लिँदै केही समयअघिसम्म ‘मेरै कोशिसले नेपाललाई ५० अर्ब सहयोग आउने भयो’ भनिरहेका थिए । अहिले त्यही विषयमा स्पष्टताको खाँचो छ । स्पष्ट पार्न नसकिँदा पार्टी र सरकारबारे अनेकन भ्रम, आलोचना र टिप्पणी भइरहेका छन् । तर, अर्जुन कार्की कहाँ छन्, पत्तो छैन ।

राजदूतका रुपमा चार वर्षको म्याद गुज्रिएपछि अर्को एक वर्ष पूरा गर्न लागिसके । शेरबहादुर देउवाको क्याबिनेटमा ज्ञानेन्द्र कार्कीले अर्थमन्त्री भएर एमसिसीमा अढाई वर्षअगाडि उतै गई हस्ताक्षर गरेका थिए । अर्जुनकै बलमा अमेरिकाबाट नेपाली सेनाको निम्ति हतियार र जहाज आएकै हुन् । तर, अहिले उनी चूप छन् । यस्तो विवादको बेला यदि सरकारले प्रष्ट बोल्नुहुंदैन थियो भने राजदूतको तहबाट प्रष्ट पार्न सक्ने अवसर उनीसंग थियो । राजदूत नियुक्त हुने भनेकै दुई देशबीच केही समस्या आयो भने सरकारको रक्षाकवच बन्दै आफ्नो पालामा भएका कामहरूको पुष्ट्याइँ पेश गर्ने हो ।

यसबीच, परराष्ट्रमा चार सहसचिव र नौ उपसचिवसहित १४ शाखा अधिकृतको दरबन्दी थप भएको गाइंगुइं छ । राष्ट्रपति कार्यालयमा भएकै उपसचिवले काम नपाएर कहिले भाग्नुजस्तो भइरहेको बेला त्यहीं फेरि सहसचिवको थप दरबन्दी सिर्जना गरिएको छ । त्यहाँ कार्यरत सुरेन्द्र यादव, शत्रुघन पौडेल, द्रौपदा सापकोटा, खड्ग दाहालहरू काम नपाउंदा हैरान भैसकेका पात्र हुन् । उनीहरू हप्ताको एकचोटि फाट्टफुट्ट विदेशी जांदा उपस्थितसम्म हुने हैसियतमा रहन्थे । यसरी थपिएका दरबन्दीमा स्वीट्जरल्याण्डको जेनेभामा उपसचिवको पद थियो । त्यसमा काज भन्दै सहसचिव तीर्थ वाग्लेलाई पठाइएको छ । अब दरबन्दीकै स्तरोन्नती गर्दै तीर्थलाई त्यहीँ राख्न लागिएको छ । एनआरएन हेर्ने थप एक र मन्त्रालय हेर्ने अर्को सहसचिवको दरबन्दी सिर्जना गरिएको हो ।

करिअर डिप्लोप्याट, अर्थात् परराष्ट्रका सहसचिवमध्येबाट राजदूत नियुक्त भएर गएकाहरू मध्ये अब भदौ–असोजमा प्रायः सबैको कार्यकाल सकिँदैछ । बेलायतका लागि दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री), इजिप्टका लागि झविन्द्र अर्याल, मस्कोका निम्ति ऋषिराम घिमिरे, पाकिस्तानकी सेवा लम्साल, जर्मनीका रमेश खनाल, अष्ट्रियाका प्रकाश सुवेदी, ब्राजिलका तारा पोखरेलहरूको कार्यावधि सकिन लागेको हो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।