कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सरकारले कार्की आयोगको प्रतिवेदन बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै केसीले आपत्ति जनाए ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेका हुन्।

उनले यस्ता गम्भीर प्रकृतिका घटनामाथि बनेका प्रतिवेदन गोप्य राखिनु लोकतान्त्रिक मूल्य–मान्यता र पारदर्शिता विपरीत हुने टिप्पणी गरे ।

यस्तै केसीले जेन जी आन्दोलनको अध्ययन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे ।

उनले दुवै प्रतिवेदनहरू किन रोकिएको हो, कसको स्वार्थमा सार्वजनिक नगरिएको हो भन्नेबारे संसदलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे।

उनले हिंसात्मक घटनामा ज्यान गुमाएका नागरिक, घाइते भएका सर्वसाधारण तथा पीडित परिवारप्रति राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउनु सरकारको दायित्व भएको बताए।