अर्जुननरसिंह केसीको प्रश्नः बालेन्द्र शाह भिन्दै साम्राज्यको सम्राट हो कि संसदको अभिन्न अंग ?

अर्जुननरसिंह केसीको प्रश्नः बालेन्द्र शाह भिन्दै साम्राज्यको सम्राट हो कि संसदको अभिन्न अंग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– प्रमुख प्रतिपक्षी कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहल जनप्रतिनिधिमूलक संस्था संसदको अवमूल्यन गरेको भन्दै आपत्ति जनाएका छन् ।


बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले शाह लगातार संसदमा अनुपश्थित रहेकामा प्रश्न उठाए ।


गृहमन्त्रीसमेतको भूमिकामा रहेका प्रधानमन्त्री संसदको अंग हो कि अर्कै साम्राज्य वा टापुको सम्राट हो ? भन्ने प्रश्न गरे ।

‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँ यो संसदको अंग हो कि होइन सभामुखजी ? मैले चाहिँ अहिले थाहा पाएको छैन । उहाँ भिन्दै साम्राज्य वा टापुको सम्राट हो कि, यो संसदको अभिन्न अंग हो ?’ केसीले प्रश्न गरे ।

श्रम संस्कृति पार्टीका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएको र प्रधानमन्त्रीले संसदको अवमूल्यन गरेको भन्दै बैठकमा निरन्तर पर्चा देखाउँदै आएका छन् ।