शिक्षक हुँदै राजनीतिमा लागेका थापा प्रदेश ७ को सभामुख


कैलाली– प्रदेश ७ को सभामुखमा बझाङबाट निर्वाचित एमाले सांसद् अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

सभामुखमा उनको मात्र उम्मेदवारी परेपछि थापा निर्विरोध भएका हुन्।

शनिबार मनोनयन दर्ता, दाबी विरोधको कार्यतालिका रहेको थियो। थापाको प्रस्तावकमा एमाले सांसद दीर्घ सोडारी र समर्थकमा प्रस्तावित मुख्य मन्त्री त्रिलोचन भट्ट रहेका छन्।

सभामुख थापाले आगामी दिनहरुमा सबै दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।

६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए। २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

तस्वीर स्राेत : शिवराज भट्ट।

प्रतिक्रिया दिनुहोस
Advertisement