सशस्त्रमा एसएसपीको सरुवा : कनिष्ठलाई कमाण्ड वरिष्ठ जिम्मेबारविहिन ,को कहाँ परे ? (सूचिसहित)


काठमाडौं  – शसस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारीस शुक्रबार दिउंसो सदर गरेको हो ।

गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,विपत व्यवस्थापन तालिम केन्द्र,कमलगिरी नौबस्ता तालिम केन्द्र,गणेश ठाडा युएन तालिम केन्द्र ,ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् ।

यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा परिषदमा सरुवा भएका छन् । डिआईजीको बढुवा लाइनमा रहेका एसएसपी सिपी गौतम र रामप्रसाद श्रेष्ठलाई सहायक बाहिनीपतिको जिम्मेवारी दिएको छ । शसस्त्रको सरुवामा कनिष्टलाई कमाण्ड दिइएको तर वरियतामा अघि रहेकालाई जिम्मेबारविहिन बनाइएको छ ।

को कहां परे ?

वेचैन यादव-औद्योगीक सुरक्षा निर्देशानलय ,वंशी दाहाल – गुणस्तर निर्देशानलय ,शम्भु सुवेदी -सिमा सुरक्षा तालिम केन्द्र,वर्दाघाट राजेन्द्र बस्नेत -तालिम केन्द्र पोखरा ,भरत श्रेष्ठ -बराह बाहिनी पकली ,चन्द्र प्रकाश गौतम -मुक्तिनाथ बाहिनी,पोखरा राजु अर्याल -सुरक्षा परिषद्को सचिवालय ,दुर्गा भट्टराई -मा.वि.वि.प्र.का,कुल बहादुर -नेक्वाङ प्र.वि .प्र.का ,महेश श्रेष्ठ .राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय विजयकुमार पंडित. स.प्र.म.नि.को सचिवालय प्र.का कृष्ण भक्त व्रहमाचार्य -सुरक्षा महाशाखा

प्रतिक्रिया दिनुहोस
Advertisement