पुणेमा सैन्य अभ्यास चलिरहँदा प्रधानसेनापति थापा र भारतीय राजदुतबीच भेटवार्ता


काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीकाबीच जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

उक्त भेटघाटका क्रममा प्रधानसेनापति थापा तथा राजदुतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको थियो।

भारतकाे पुणेमा  बिमस्टेक राष्ट्रका सेनाहरूबीच संयुक्त सैन्य अभ्यास चलिरहँदा उनीहरूबीच भेटवार्ता भएकाे हाे। उक्त सैन्य अभ्यासमा नेपाल पनि सहभागि हुने भनिएकाेमा चर्काे अालाेचना भएपछि अन्तत पर्यवेक्षककाे रूपमा मात्र सहभागि भएकाे छ।  सैन्य अभ्यास ३१ भदाैसम्म चल्नेछ।

थापाले आइतबार मात्र प्रधानसेनापतिको पदभार ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement