काठमाण्डु – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२ सुरु भएको छ ।
आईतबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच बलाधिकृत रथी निर्मल कुमार थापाले प्रतियोगिता उद्घाटन गरे ।
टेनिस खेलको विकासका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ जना महिलासहित १९६ जना खेलाडीहरूको सहभागिता छ ।
२०८२ वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधाका खेलहरू समावेश गरिएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल टेनिस संघका अध्यक्ष तथा पदाधिकारी, विभिन्न टेनिस क्लबहरूका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया