काठमाण्डु – नेपाली सेनाका ३५ जनालाई हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम दिइएको छ ।
नेपाली सैनिक वार कलेजमा फागुन २२ गतेबाट सञ्चालन भएको सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बुधबार प्रधानसेनापति अशोक राज सिग्देलले समापन गरेका छन् ।
महासेनानी दर्जाका महिला–२ र पुरुष–३३ गरी जम्मा ३५ जना शिक्षार्थीहरूको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत मन्तव्य राख्दै तालिमबारे जानकारी गराएका थिए ।
तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भए भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् ।
समापन समारोहमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द तथा अधिकृत लगायत शिक्षार्थी अधिकृतका परिवारजनको उपस्थिति थियो ।
नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया