काठमाण्डु – बझाङको सुगुरे इलाकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई नेपाली सेनाले आईतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ ।
हवाई उद्धार गरिएका ५ जनामा ३ महिला र २ पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका २ पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाण्डु ल्याइएको छ । सोही क्रममा अर्की १ जना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ ।
बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी ४ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।




प्रतिक्रिया