नेपाली सेनाका अधिकृतहरूको सरुवा

नेपाली सेनाका अधिकृतहरूको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका अधिकृतहरूको सरुवा भएको छ ।

सरुवाको सूचीमा पहिलो नम्बरमा उत्तर पश्चिम पृतना हेडक्वार्टरका उपरथी दिपेशजंग शाह छन् । ब्याच नम्बर २११४ भएका शाहलाई सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा गरिएको छ ।

उपरथी रविन्द्र खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ । ब्याच नम्बर २१०४ भएका खत्रीले सचिवालयमा निमित्त सहसंयोजकको जिम्मेवारी सम्हाल्नेछन् ।

उत्तर पश्चिम पृतना हेडक्वार्टरको निमित्त प्रमुखमा उपरथी पदमबहादुर बुढा आएका छन् । उनी यसअघि कार्यरथी विभागमा कार्यरत थिए । सुदूरपश्चिम पृतना हेडक्वार्टरको जिम्मेवारी उपरथी पवन खत्रीलाई दिइएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत उपरथी शक्तिजंग बस्नेतलाई पूर्वी पृतना हेडक्वार्टर, इटहरीमा सरुवा गरिएको छ । उनले त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्नेछन् । सहायक रथीतर्फ द्रव्यराम भण्डारीलाई उपत्यका पृतना हेडक्वार्टर ल्याइएको छ । उनी यसअघि सैनिक सामग्री प्राप्ति निर्देशनालयमा कार्यरत थिए ।

विपद् व्यवस्थापन निर्देशनालयमा रहेका सहायक रथी रन्जित थापालाई कार्यरथी विभाग पठाइएको छ । सहायक रथी किरणराज श्रेष्ठलाई सैनिक सामग्री प्राप्ति निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।

सहायक रथी चुलेन्द्रबहादुर थापालाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ । उनी यसअघि नम्बर १६ वाहिनी अड्डामा कार्यरत थिए । सरुवा सूचीअनुसार सहायक रथी सञ्जयकुमार रञ्जितलाई राष्ट्रिय सेवा दलबाट आपूर्ति तथा परिवहन निर्देशनालयमा पठाइएको छ ।