भारतीय सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

भारतीय सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन् ।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण तालिममा १० विदेशी र ८२ नेपाली गरी जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन् । विक्रम संवत् २०४९ पुस १४ गते स्थापना भएको कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १ हजार ५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।