संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा

संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ ।

विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ ।

संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ ।

सो सैन्य अभ्यास यही मंसिर ९–२२ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।