सेनानी तिवारी सेनाबाट बर्खास्त, ६ महिना कैद सजाय


काठमाडाैँ—नेपाली सेनाका प्राविधिक सेनानी रामचन्द्र तिवारी कारबाहीमा परेका छन्। २ वर्षे पोस्ट डक्टरल अध्ययनका लागि बेतलबी विदामा जापान गएका उनी जंगीअड्डामा हाजिर नभएपछि जंगीअड्डामा गठित जनरल सैनिक अदालतले कारबाही गरेको हो । २०७३ चैत १८ गते जापान गएकोमा उनी २०७५ चैत ८ हाजिर हुनुपर्ने थियो। तर, उनी हाजिर नभएपछि आफूखुसी भगौडा परेको भन्दै भदौ ८ गते पक्राउ गरिएको थियो।

सैनिक अदालतले उनलाई कात्तिक १५ गते  ६ महिना कैद र सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कैद सजाय भदौ ५ बाट गणना हुनेछ, भने सेवाबाट हटाउने निर्णय २०७५ चैत १८ गतेबाट। तिवारीलाई सैनिक ऐबमोजिमको कसुरमा दोषी ठहर्याइइएको हो।

तिवारीले सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिएर अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाएको दाबी गरिएको छ। साथै उनी सेनामा कार्यरत रहेको अवस्थामा नै थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्विकृती नलिई रिसर्चर बनेको र ०७५ कात्तिक २५ गतेबाट उक्त कलेजमा प्राध्यापकको पदमा स्थायी नियुक्ती लिएको बताइन्छ। सोही आधारमा सेनाको सैनिक अदालतले उनलाई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ भनि दोषी ठहर गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement