अमेरिकी सेनाका दुई हेलिकोप्टर दुर्घटना


काठमाण्डु- अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकोप्टर दुर्घटना भएका छन्। केन्टकी राज्यमा प्रशिक्षण उडानका क्रममा हेलिकोप्टर दुर्घटना भएका हुन् ।

दुर्घटनामा मानवीय क्षति पनि भएको हुनसक्ने अनुमान गरिएको छ। सेनाका प्रवक्ता नोन्डिस थर्मनले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटना पुष्टि गरेका छन् ।

विमानमा कति जना सवार थिए र चालक दलका सदस्यको अवस्था के छ भन्ने यकिन जानकारी नआइसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

दुर्घटना स्थानीय समय अनुसार बुधबार राति १० बजे भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement