काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाका दुईतारे जर्नेलले भेटवार्ता गर्ने भएका छन्। नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीका रूपमा कार्यरत अमेरिकी सेनाका मेजर जनरल प्याट्रिक ए.टिगले शुक्रबार सिग्देलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
मेजर जनरल टिगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सेर्गियो गोरसँगै बिहीबार काठमाडौँ आएका हुन्।
राजदूत गोर भने शुक्रबार बिहान सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।




प्रतिक्रिया