प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ । राजदूत एलिजाबेथले जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement