प्रधानसेनापति शर्मासँग चिनियां राजदूत यान्छीको विदाई भेट


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र चीनका राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुनुअघि सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग विदाई भेटवार्ता गरेकी हुन् ।

उक्त भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिएका थिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement