प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिनाबीच शिष्टचार भेटवार्ता


काठमाडौं – संयुक्त राष्ट्र संघकी नायब महासचिव अमिना जे मोहम्मद शुक्रबार काठमाडौं आइपुगेकी छन् । उनी ‘शिक्षाका लागि विश्व अभियान’ सम्मेलनमा भाग लिन आएकी हुन् ।

उनले नेपाल सरकारका उच्च अधिकारीहरुसंग पनि छलफल गर्ने्छिन् । यही सिलसिलामा महासचिव अमिना जे मोहम्मदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टचार भेटवार्ता गरेकी छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महासचिव अमिना जेबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्व ग्रस्त क्षेत्रहरुमा शान्ति स्थापनाका लागि सैनिक पठाउँदै आएको छ ।
अमिनाले नेपालमा २४ घण्टा विताउने छिन् ।

अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्रीसमेत हुन् । उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान–की–मुनको विशेष सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement