प्रधानसेनापति सिग्देलसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलद्वारा भेटघाट

प्रधानसेनापति सिग्देलसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलद्वारा भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छन्।

आइतबार प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले जंगी अड्डामा शिष्टाचार भेटघाट गरेका हुन्।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विंग कमान्डर पीआर पोंनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय सेनाको टोली कार्तिक ५ गतेदेखि नेपालमा रहेको छ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्र-छात्राहरुले वि.सं.२०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागिता जनाउँदै आईरहेका छन्।

यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र-छात्राहरूले भ्रमण गरिसकेका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सका टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्र-छात्राहरूको समेत सहभागिता रहेको छ।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्र/छात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्ररछात्राहरु उक्त तालिम सहभागी भई रहेका छन्।