प्रधानसेनापति थापाद्धारा “लघु चलचित्र प्रतियोगिता-२०७५” समापन


काठमाडाैं – नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच समापन गरेका छन् ।

प्रधानसेनापति थापाले “लघु चलचित्र प्रतियोगिता-२०७५”मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पनु, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई क्रमश २,००,००० १,५०,०००। र १,००,०००। नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका थिए । भने प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही २५,००० का दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

साथै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईबाट उक्त प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही २५,००० का साथै प्रमाण पत्र गरेका थिए । कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मूलक मोबाईल एप्सको समेत शुभारम्भ गरेका थिए ।

सोही अवसरमा बलाधिकृत रथी शरद कुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने ६ वटा रेडियो तथा एफ।एम। स्टेशनहरुलाई कदर पत्र प्रदान गर्नुको साथै नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक(२०७५”तथा “द शिवपुरी जर्नल–२०१९”मा प्रकाशित लेख रचनाहरु मध्ये ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार जनही १०,०००। प्रदान गरेका थिए । भने प्रधानसेनापति थापाले “सिपाही वार्षिक-२०७५”तथा “द शिवपुरी जर्नल–२०१९”मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः ५०,०००।, ३५,०००। र २५,०००।- नगद पुरस्कार र कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको दौरानमा प्रधानसेनापति थापाले नेपाली सेना सम्बन्धी बृहत् प्रदर्शनी २०७५ मा प्रथम हुने टुमु कोतखाना डिपो, द्धितिय हुने श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र तृतिया हुने श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत लघु चलचित्रका मुल्याङ्कन समिति, स्क्रिप्ट राईटर मुल्याङ्कन, सैनिक तथा गैर सैनिक तर्फका निर्णायक मण्डल र सिपाही वार्षिक तथा शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाहरुको मुल्याङ्कन कर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा सिने विज्ञ लोकेन्द्र पराजुली (कपिल) बाट लघु चलचित्र प्रतियोगितामा सहभागी लघु चलचित्र मुल्याङ्कन विधिको बारेमा प्रकाश पारेका थिए । प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।

यस किसिमको प्रतियोगिताले राष्ट्र प्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । उक्त अवसरमा रथीबृन्द, प्राध्यापकहरु, आमसञ्चार माध्यमका अध्यक्ष, प्रबन्धक, सम्पादक एवं रक्षा संवाददाताहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र नेपाली सेनाका अधिकृतहरुकोसमेत उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement