प्रधानसेनापति थापाद्वारा काली बहादुर गणको निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार भरतपुरस्थित काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

साथै, उत्तर पश्चिम पृतना हेटक्वाटर र मध्य पश्चिम पृतना हेटक्वाटर अन्तरगर्तका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरी उनी ५ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement