प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच विदाई भेट


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच भेटवार्ता भएको छ ।

पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा आज सैनिक मुख्यालय जंगी अड्डामा सो भेटवार्ता भएको हो ।

उक्त भेटमा प्रधानसेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement