प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा सुदूर पश्चिम पृतना निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार दिपायलस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर , धनगढीस्थित ५ बाहिनी अड्डा र बोराडाँडीस्थित ७ नं. युद्धकवच गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना, बाहिनी र गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी आज धनगढीस्थित ५ नं. बाहिनी अड्डामा मुकाम रही भोली बिहिबार अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement