काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ काठमाण्डुमा सक्रिय देखिएका छन् ।
राजदूत माओमिङले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे । बिहीबारै साँझ केही सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले डिनर मिटिङ गरे ।
शनिबार उनी बूढानीलकण्ठ नगरपालिका–६ इटालीटारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निवास पुगेका छन् । लामिछाने र चिनियाँ राजदूत माओमिङबिच दिउँसो ३:०० बजेदेखि ४:२१ बजेसम्म (१ घण्टा २१ मिनेट) भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि भएका यी भेटवार्तालाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया