प्रधानसेनापति थापाले गरे सुदूरपश्‍चिम,मध्यपश्चिम र उत्तर पश्चिम पृतनाको निरीक्षण भ्रमण


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले सुदूरपश्‍चिम, मध्यपश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गेका छन् । साेमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सुदूरपश्‍चिम, मध्यपश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गेका हुन्

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले सुदुरपश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मुल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको उद्‍घाटन समेत गरेका थिए । नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएका हुन ।

सेनापति थापाले मध्यपश्‍चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तर पश्‍चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement