प्रधानसेनापति थापाले गरे मध्यपश्चिम पृतना हेडक्वाटरको निरीक्षण


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपश्चिम पृतना हेडक्वाटरको निरीक्षण गरेका छन् । शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपश्चिम पृतना हेडक्वाटर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले रुकुम (पश्‍चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement