आर्मी क्लब र श्रीलङ्का पुलिस भिड्दै


काठमाण्डु – आज हुने फुटबल खेलमा त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलिस क्लब भिड्दैछन् । साँझ ५ बजेबाट सुरु हुेन खेल घरेलु मैदान दशरथ रंगशालामा हुदैछ ।

एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली पुलिससँग भिड्न लागेको हो ।

त्रिभुवन आर्मी क्लबका ब्यवस्थापक बिकास मल्लले अर्को चरणमा प्रबेश गर्ने लक्ष्यका साथ श्रीलङ्काको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने तयारी गरिएको जानकारी दिए ।

उक्त खेलमा रङशालाको कुल दर्शक क्षमताको पचास प्रतिशत दर्शक अटाउने गरी उपस्थिति रहनेछ । एसियाली फुटबल संघले क्षमताको पचास प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएपछि एन्फाले उक्त खेलमा दर्शकलाई प्रवेश खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement