किन बर्खास्त गरियो सेनाका जर्नेल र कर्णेल ? यस्तो छ कारण


काठमाडौं –नेपाली सेनाले दुई जना उच्च अधिकारीलाई बर्खास्त गरेको छ । अमेरिकाबाट नेशनल डिफेन्स कोर्स(एनडिसी) गरेर भर्खरै नेपाल फर्केका सहायकरथी
डाक्टर सुरेन्द्रसिंह रावल र एनडिसी जाने तयारीमा रहेका महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो । सेनाका उपरथी शुर्वण शाहको अध्यक्षतामा सेनाले सैनिक समरी अदालत गठन गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको बताए । सहायकरथी रावल उपरथी र महासेनानी खड्का सहायकरथी बढुवाको लाईनमा थिए । दुवै जना अधिकृत प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वासपात्र हुन् ।

इन्जिनियरिङ्ग पृष्ठभुमि रहेका सहायकरथी रावल र महासेनानी खड्का सेनाको निति निर्देशनालयमा कार्यरत हुंदा आदेश पालना नगरेको आरोपमा छानविन चलिरहेको थियो । सेनामा निति निर्देशनालयमा प्रधानसेनापतिले विश्वास गरेका अधिकृतलाई जिम्मा दिने प्रचलन छ ।

के थियो कसुर?

सेनाका २७ वेसिकका सहायकरथी रावल र ३० वेसिकका खड्का सेनामा भविष्य भएका अधिकृत भनेर चिनिन्थे । सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । उनिहरु दुवै जनाले व्यक्तिगत स्वार्थका लागी प्रधानसेनापतिको आदेश विपरित काम गरेको बताइन्छ । हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्सको मुल्यांकन प्रणाली पुर्नरावलोकन गर्ने विषयमा प्रधानसेनापति थापाले दिएको निर्देशनको दुवैले अवज्ञा गरेको आरोपमा छानविन भइरहेको थियो ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार रावल हायर कमाण्ड गर्दा आफु मर्यादाक्रममा पछि परेकोमा असन्तुष्ट थिए । आफुले पीएचडी गरेको भएपनि थेसिसमा समेत पहिलो नभएको भन्दै उनी असन्तुष्ट थिए । उनको ठाउंमा महासेनानी दिपेशजंग शाहलाई थेसिसमा पहिलो भएका थिए ।

नितिमा प्रमुख भएर आएसंगै सहायकरथी रावलले हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्सको मुल्यांकन प्रणाली पुर्नरावलोकन गर्ने जाहेरी प्रधानसेनापति थापा समक्ष लिएका थिए । प्रधानसेनापति थापाले उनको प्रस्तावलाई पिएसओज वैठकमा छलफल गर्ने निर्देशन भएकोमा रावल र खड्काले आफुखुसी प्रधानसेनापति थापाको निर्देशनको अवेज्ञा गरेको सैनिक स्रोतले जानकारी दियो । निति निर्देशनालयबाट डिजिएमटीमा पत्र पठाएर आफुखुसी निर्णय लागु गर्न खोजेको भन्दै उनिहरुमाथी कार्वाही भएको हो ।

सैनिक प्रवक्ता सहायकरथी पाण्डले माथिल्लो तहबाट भएको आदेश पालना नगरेको र सैनिक अनुशासयन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको जानकारी दिए ।

प्रधानसेनापति थापाले पछिल्लो समयमा सेनामा सैनिक अनुशासन उल्लंघन गरेको र आर्थिक अनियमितता गरेको आरोपमा दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई कार्वाही गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement