सेनाको पृतनापति बैठकः नागरिक–सैनिक सम्बन्ध मजबूत बनाउनुपर्नेमा जोड 


काठमाडौं – नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक वैठक २०७६’ समापन भएको छ । सैनिक मुख्यालयमा भाद्र २० गतेबाट सुरु भएको बैठक सोमबार सांझ सम्पन्न भएको हो । समन्वयात्मक वैठकको शुभारम्भ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । 

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । 

पसैनिक अधिकारीहरुले नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।  

बैठकमा पि.एस.ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए   

समापनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । 

सेनापतिले संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात गरि अपनत्व ग्रहण गर्न तथा आफ्नो दायित्व प्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरि कार्य-योजना अनुसार जनहितको कार्यहरु सञ्चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस
Advertisement