गोरखादेखि काठमाण्डुसम्म नेपाली सेनाको पदयात्रा सुरु


काठमाण्डु – नेपाली सेनाले गोरखादेखि काठमाण्डुसम्मको पदयात्रा सुरू गरेको छ । तीन सय औं पृथ्वीजयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि काठमाण्डुको हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा गर्न लागेको हो ।

सेनाको गोरखास्थित रिपुमर्दन दल गणका सेनाले आज बिहानदेखि पदयात्रा थालेका हुन् । पृथ्वीनारायण शाहकालीन सेनाले लगाउने खालका पोशाकमा सजिएका १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका छन् । उनीहरु गोरखा, धादिङ, नुवाकोट हुँदै पुस २७ मा हनुमानढोका आइपुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement