अमेरिकी सेना प्यासिफिक कमाण्डका जनरलले प्रधानसेनापति क्षत्रीलाई भेटे


काठमाडौं– प्रधान सेनापति राजेन्द्र क्षत्री र अमेरिकी सेना प्यासिफिकका कमाण्डका जनरल रोवर्ट बी ब्राउनबीच भेटवार्ता भएको छ।

ब्राउन नेपालको चारदिने भ्रमणमा रहेका छन्। उनले प्रधानसेनापति क्षत्रीसँग शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता गरेका हुन्।

उनीहरुबीच नेपाल र अमेरिका बीचको सम्बन्ध र सहयोगका क्षेत्रका विषयमा छलफल भएको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसअघि ब्राउनले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement