प्रधानसेनापतिद्वारा रथी पदमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले रथी पदमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति शर्माले कार्तिक ११ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार रथी पदमा बढुवा भएका उपरथी मल्ललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement