सेनाका उच्च अधिकारीको सरुवा : गूप्तचर प्रमुखमा प्रदिपजंग र सैनिक सचिवमा केसीलाई जिम्मेवारी


काठमाण्डु– नेपाली सेनाका उच्च अधिकारीहरुको सरुवा एवंम् पदस्थापन भएको छ । सैनिक मुख्यालयले सेनाका उपरथी,सहायकरथी र महासेनानीहरुको सरुवा गरेको हो ।

सरुवा हुने उपरथीमा अनन्त कार्की राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, सिताराम खड्का सैनिक तालिम महानिर्देशनालय, निरन्जनकुमार श्रेष्ठ निरीक्षणधिकृत विभागमा सरुवा भएको छ । यसअघि काज सरुवा भएका उपरथी अशोकराज सिग्देलको व्यवस्था,नीति तथा योजना विभाग र विज्ञानदेव पाण्डेको शोध तथा विकास महानिर्देशनालयमा सरुवा भएको छ ।

उपरथीमा बढुवा भएका योगराज शर्माको उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा र प्रदिपजंग केसीको सैनिक इन्टिलेन्स कोरको प्रमुखमा पदस्थापन भएको छ ।

सैनिक सचिव विभागमा केसी

सेनाको सबैभन्दा महत्वपूर्ण विभाग भनेर चिनिने सैनिक सचिव विभागको प्रमुखमा गौरव केसीको सरुवा भएको छ । सैनिक सचिव रहेका सुनिल श्रेष्ठको पारिवारिक समस्याका कारण उनको एक वर्ष नपुग्दै सरुवा भएको हो । श्रेष्ठले नै आफ्नो श्रीमतीको स्वास्थ्यमा समस्या देखिएको भन्दै सरुवा मागेको सैनिक स्रोतको दावी छ । उनको ठाउमा ल्याइएका केसी प्रधानसेनापति प्रभुराम शर्माकै पल्टन पुरानो गोरख गणका हुन ।

उनिसंग प्रधानसेनापति गौरवशमशेर राणाको पालामा उनकै कार्यालयमा काम गरेको अनुभव छ । त्यसैगरी १५ बाहिनीको बाहिनीपति रहेका टंक भट्टको सरुवा एक वर्ष नपुग्दै पश्चिम कमाण्डमा सरुवा भएको छ । उनि यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापासंग निकट थिए । उनको ठाउंमा पोखरामा रहेका जोनसन खड्काको सरुवा भएको छ ।

को सहायकरथी कहां सरुवा भए ?
भोलानाथ थापा, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय
विष्णुकुमार खड्का,१ नम्बर बाहिनीपति
कृष्णप्रसाद भण्डारी,२१ नम्बर बाहिनीपति
प्रकाशराज थापा, मध्य कमाण्ड
भुवन खत्री बाहिनीपति,विशेष फौज बाहिनी

ज्योतिन्द्र महत, २६ नम्बर बाहिनीपति
कुमार सिलवाललाई,१६ नम्बर बाहिनीपति
रामनाथ शर्मा ढुंगाना, उपत्यका कमाण्ड
मिनध्वज खड्का, तालिम योजना तथा अभ्यास निर्देशनालय
लवकुमार रायमाझी,राष्ट्रिय सेवा दलको निर्देशक
दिपककुमार बांनिया,तालिम निर्देशनालय
शंकरबहादुर पण्डीत, मानव अधिकार निर्देशनालय
होमनाथ दवाडी,राष्ट्रिय सुरक्षा परिषदको सचिवालय
याम प्रसाद ढकाल निर्देशक, विपद व्यवस्थापन निर्देशनालय,
सागर बहादुर थापा, सैनिक ईण्टेलिजेन्स कोरसहित निर्देशक,सैनिक प्रशासन तथा   व्यवस्थापन निर्देशनालय
विजय थापा, निर्देशक, सैनिक कल्याणकारी योजना
आशबहादुर तामाङ्ग,नेपाली सैनिक वार कलेज
सुदर्शन सिलवाल, मध्य कमाण्ड
सुशिल कुमार भण्डारी निर्देशक, निरीक्षण निर्देशनालय विष्णु राउत निर्देशक,भर्ना छनौट निर्देशनालय
सन्तोष बल्लभ पौडेल निर्देशक, शान्ति कार्य निर्देशनालय
नारायण सिलवाल,सैनिक प्रवक्ता

सुनिल श्रेष्ठ निर्देशक, सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय
यम बहादुर अधिकारी निर्देशक, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय
कुमार बाबु थापा निर्देशक, सैनिक संगठन निर्देशनालय
मदन कुमार केसी निर्देशक, सीमा अनुगमन तथा सर्भे निर्देशनालय
ध्रुवप्रकाश शाह पूर्वी कमाण्ड
कृष्णराज आचार्य,राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, हरेन्द्र पाठक निर्देशक, आपूर्ति तथा परिवहन निर्देशनालय
टिकाराम गुरुङ्ग निर्देशक, सैनिक सामग्री प्राप्ती निर्देशनालय
जोन्सन खड्का बाहिनीपति, १५ बाहिनी अड्डा
प्रेम बहादुर पुन बाहिनीपति, ३ नम्बर बाहिनी अड्डा,

कृष्ण बहादुर जिसी सह-शिक्षाध्यक्ष, सैनिक कमाण्ड तथा स्टाफ कलेज
सुनिलराज विष्ट पश्चिम कमाण्ड
नवराज गुरुङ्ग बाहिनीपति, २२ नम्बर बाहिनी अड्डा

टंक प्रसाद भट्ट ,श्चिम कमाण्ड
गौरव कुमार केसी, सैनिक सचिव
रथी रविन्द्र खत्री,१९ नम्बर बाहिनीपति
र राम प्रसाद अधिकारी बाहिनीपति, २३ नम्बर बाहिनी

प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएकाहरुको पदस्थापन
शरद लामिछाने,नीति तथा योजना निर्देशनालय
भेष बहादुर केसी,सैनिक नियम पालक प्रोभोष्ट मार्सल संजित श्रेष्ठ,सचिव, पिएसओजको कार्यालय
विनोद चन्द,पूर्वी कमाण्ड
सुधिरप्रताप सिंह,पश्चिम कमाण्ड
हरिशबहादुर बम,मध्य कमाण्ड
र सुमन खड्का, सहायक बाहिनीपति, २४ नम्बर बाहिनीमा पदस्थापन

महासेनानीहरुको सरुवा
पुरुषोत्तम ढकाल,निरीक्षण निर्देशनालय
उत्तम कुमार विष्ट,४ नम्बर बाहिनी अड्डा
सन्तोषराज पाण्डे,पूर्वी कमाण्ड
पदमबहादुर बुढा,सैनिक सचिव विभाग (काज काठमाण्डौं–तराई–मधेश द्रुर्तमार्ग सडक आयोजना)
द्रव्यराम भण्डारी,सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय
मदन बन्जारा,मध्य कमाण्ड
सुनिल घले, मध्य कमाण्ड
ललितबहादुर कुंवर,उपत्यका कमाण्ड
धन बहादुर थापा,पश्चिम कमाण्ड
सोबेन्द्रसिंह महत,पश्चिम कमाण्ड
श्रवणकुमार विष्ट,सैनिक सामग्री प्राप्ती निर्देशनालय
राजाराम बस्नेत,रणनीतिक अध्ययन तथा योजना निर्देशनालय
राजेन्द्रप्रसाद सुनुवार,निरीक्षण निर्देशनालय
खेम नारायण पौडेल,निरीक्षण निर्देशनालय
नारायण बहादुर थापा,मध्य कमाण्ड
शशीकिरण रायमाझी,सहायक बाहिनीपति, २५ नम्बर बाहिनी
नुरेन्द्र मल्ल,उपत्यका कमाण्ड
अर्जुन खड्का,सहायक बाहिनीपति, १ नम्बर बाहिनी

अशोक गुरुङ्ग,उपत्यका कमाण्ड
पुरुषोत्तम खड्का,राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालय
सुवासजंग थापा पश्चिम कमाण्ड
बालकृष्ण कार्की डिपोपति, जंगी असवाव खाना,

दिरेन्द्रकुमार मल्ल,पूर्वी कमाण्ड
लव खत्री,सैनिक कल्याणकारी महानिर्देशनालय
रुपेन्द्र बुढाथोकी,सैनिक सामग्री उत्पादन निर्देशनालय

ईन्दिबर विष्ट,सीमा अनुगमन तथा सर्भे निर्देशनालय

महेशशम्सेर जबरा,सहायक बाहिनीपति, १३ नम्बर बाहिनी
दीपेन्द्र गुरुङ्ग,अति विशिष्ट व्यक्ति सुरक्षा बल
सुनिलसिंह राठौर,पूर्वी कमाण्ड
दिवसराज रेग्मी,अस्पताल व्यवस्थापन विभाग
निर्जलबहादुर अधिकारी,सहायक बाहिनीपति, २१ नम्बर बाहिनी
मोहनचन्द्र गुरुङ्ग,नेपाली सैनिक प्रतिष्ठान
प्रशान्त विक्रम राणा,शिकायत जांच महाशाखा,
सरोजकुमार अधिकारी,सैनिक जनसम्पर्क महाशाखा

अर्जुन बस्नेत अभिलेखालयपति, सैनिक अभिलेखालय

मनोज थापा,१४ नम्बर बाहिनी
शिबराज पन्त,नीति तथा योजना निर्देशनालय
विक्रम गुरुङ्ग,युद्धकार्य निर्देशनालय
मिलन तुलाचन,सहायक बाहिनीपति, विशेष फौज बाहिनी

प्रतिक्रिया दिनुहोस
Advertisement